काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंस्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको पाइपलाइन तत्काल मर्मत गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मत गरी नागरिकलाई पानी वितरण गर्न निर्देशन दिएका हुन् । ‘हाल म नेपाल र भारत सरकारबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु ।मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुरु गर्न निर्देशन दिइसकेको छु ।’
यसैगरी मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।




