चन्द्र ढकालको पक्षमा कसले मच्चाउँदैछ ‘नक्कली फेसबुक’आतंक ?

काठमाडौं। विवादित व्यापारी चन्द्र प्रसाद  ढकालले आफ्नो पक्षमा माहोल बनाउन ‘नक्कली फेसबुक अभियान’ सञ्चालन गरेको पाइएको छ।

आज एक संचारमाध्यममा पाथीभरामा निर्माण गर्न लागेको केबलकारका सन्दर्भमा  प्रकाशित  समाचारमा आएका अधिकांस टिप्पणीहरू ढकालको बचाउमा नक्कली फेसबुक अकाउन्टहरू सक्रिय भएको देखिएको छ।

विशेष गरी राई-लिम्बू थर उल्लेख गरि हालै मात्र खोलिएका फेक अकाउन्टहरू मार्फत ढकाल समर्थित समूहले संगठित रूपमा ढकालको गलत कृयाकलापको आलोचना रोक्ने, मिडियामा प्रकाशित समाचारलाई गलत देखाउने र पाथिभरा (मुकुमलुङ) जनजाति समुदायको आस्थाको केन्द्र समेत रहेकाले जनजाती समुदायको समर्थन रहेको देखाउने प्रयास गरिरहेका छन्।

नक्कली फेसबुकहरु खोलिएको सन्दर्भमा  छानविन सुरु गरेको यो कसले चलाईरहेको छ भन्ने बिषय छिट्टै बाहिर आउने साईबर व्युरो स्रोतले बताएको छ।

यस सन्दर्भमा आइटी विज्ञ भन्छन् – ‘यी टिप्पणीहरूमा एउटै लेखनशैली, समान प्रकारका सन्देश भएको पाइएकाले यो साइबर रणनीति नियोजित र प्रायोजित रहेको पुष्टि हुन्छ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *