काठमाडौं। व्यापारी चन्द्र ढकालले पाथीभरा बलजफ्ती निर्माण गर्न लागेको केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित गरिएको छ।
सरकारले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आह्वान गरेको हो।
सरकारले गत माघ १० गते गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको थियो। तर ६ बुँदे सहमति विपरीत उक्त स्थानमा केबलकार निर्माण सुरु गरेपछि नो केबलकार समूह आन्दोलित बनेको थियो। जसका कारण पाथिभरा तनावग्रस्त छ।








