सेयर बजारमा ११.६६ अंकको बृद्धि हुँदा ११ अर्ब ५४ करोडमाथिको कारोबार

काठमाडौं । आज साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० को विन्दुमा कायम भएको छ ।

आज ३२८ कम्पनीको सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड माथिको सेयर कारोबार भएको छ । आज ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ । आज ४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिटिजन लाइफको ६१ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ६० करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ९.९४ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानकिर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रिलायन्स फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ७.२४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *