महाकुम्भमा गगन थापा दम्पतीको डुबुल्की

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतको उत्तरप्रदेशस्थित प्रयागराज महाकुम्भमा डुबुल्की लगाएका छन् । सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै महामन्त्री थापाले महाकुम्भमा डुबुल्की लगाएको जनाएका हुन् ।

उनले पत्नी डा.अन्जना केसीसहित डुबकी लगाएको तस्बिर सार्वजनिक गरेका हुन् । तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्,  ‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भूत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो।’

महामन्त्री थापासँगै उनका ससुरा अर्जुननरसिंह केसी पनि परिवारसहित साथमा पुगेका छन् ।

आगामी फागुन १४ गते महाशिवरात्रीसम्म चल्ने डेढ महिने महाकुम्भमा अहिलेसम्म ५३ करोड ७१ लाख भन्दा बढी श्रद्धालुले डुबकी लगाइसकेका छन् । नेपालबाटसमेत हजारौँ श्रद्धालु महाकुम्भमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *