काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि फागुन १५ गते बुक क्लोज मिति तय गरेको छ। फागुन १४ गतेसम्म कायम रहने सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो। हाल दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ।
Artha Sanjal






