बीमा प्राधिकरणका ५ सहायक निर्देशकको उपनिर्देशकमा बढुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको उपनिर्देशक पदमा बढुवाका लागि ५ जनाको नाम सिफारिस गरिएको छ।

पदपूर्ति सिफारिस समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त गरेको कुल अंकका आधार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई उपनिर्देशक पदमा बढुवाका लागि ५ जनाको नाम सिफारिस गरेको हो।

बढुवा हुनेमा सहायक निर्देशक सबिता थापा, रन्जिता केसी, शम्भुप्रसाद मिश्र, जमुना अर्याल (आचार्य) र केदार भट्ट छन्। समितिको फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार उनीहरुलाई उपनिर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *