तल्लो अरुण आयोजना प्रभावितलाई ८८ करोड मुआब्जा वितरण

काठमाडौं। संखुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई ८८ करोड रुपैयाँ बढी मुआब्जा वितरण गरिएको छ ।
उक्त आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । आयोजना प्रभावित दुवै पालिकाका स्थानीयलाई मुआब्जाबापत रकम वितरण गरिएको हो ।
आयोजना प्रभावित क्षेत्रका लागि ८८ करोड ९ लाख ७८ हजार २०० रुपैयाँ मुआब्जा रकम वितरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *