काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दुराष्ट्र बनाउने अभियान सफल बनाउने आग्रह गरेका छन्।
बुधवार काठमाडौँमा एक कार्यक्रमबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारीको आत्मवृत्तान्त पुस्तक विमोचन कार्यक्रममा बोल्दै अधिकारी नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भनेर हिँडिरहेको उल्लेख गर्दै उनको अभियानमा सघाउन सबैलाई आग्रह गरेका हुन्।
नेपाल हिन्दु राष्ट्र बन्न सक्छ वा सक्दैन यसै भन्न नसकिने तर हिन्दुराष्ट्र बनाउने अभियानमा अधिकारीलाई साथ दिन भने आग्रह गरेका छन्।
सभापति देउवाले भने, ‘उहाँ मेरो सानैदेखिको साथी हो। अहिले हिन्दुराष्ट्र बनाउने अभियानमा हुनुहुन्छ‚ कतिको सफल हुन्छ‚ थाहा छैन, उहाँलाई साथ दिनुस्।’
सभापति देउवाले डा. अधिकारीसँग धेरै कुराको अनुभव रहेको भन्दै देशका लागि आत्मवृत्तान्त पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताए।





