काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्सुरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
मंगलबारको अन्तिम कारोबार मूल्य ८४२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ७६५.४५ रुपैयाँ कायम भएको छ ।
सोही मुल्यलाई आधार मानेर यसको बुधबार कारोबार खुला हुनेछ ।







