प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) प्रति गम्भीर असहमति जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले एसपीपीप्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका हुन् ।
प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एसपीपी प्रस्तावमा हस्ताक्षर गर्दा नेपालले अवलम्बन गर्दै आएको पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीति प्रभावित हुने बताए ।
‘कांग्रेस पहिलो दल भयो भन्ने सत्य होइन, कांग्रेसले जितेको सिट संख्या अरु दलको अंशियारीमा प्राप्त मतका कारण हो’, पोखरेलले भने, ‘एमाले एक्लै एकातिर, ५ दलीय गठबन्धन अर्कोतिर हुँदा गठबन्धन पहिलो र एमाले दोस्रो भन्न सकिन्छ ।’ स्थानीय चुनावको परिणामले संघीय र प्रदेश चुनावलाई असर नपर्ने उनको दाबी छ ।







