काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
अदालतको इजलासले तीनै जनालाई एक-एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सूचना अधिकारी दिपक कुमार श्रेष्ठका अनुसार, दोलखाका ललितकुमार केसी र झापाका सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् । हुम्लाका महानन्द जैसी धरौटी बुझाउन नसकेकाले कारागार चलान भएका छन्।
Artha Sanjal






