घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा चाँदी एक हजार ९८० रुपैयाँमा  कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *