बढ्यो मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा

काठमाडाैं। मकर जितुमाय सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४०.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९३.२६ प्रतिशत बढेर २४ करोड ५२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १०४.५३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०९.३९ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने ४६.११ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १५ रुपैयाँ ४४ पैसा बढेर १९ रुपैयाँ ९८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.६४ गुणा रहेको छ।

७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ६ करोड २० लाख रुपैयाँ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *