सरकारले विनियोजन गरेको एक करोड अनुदान अस्वीकार गर्ने सेजनको निर्णय

काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थाका लागि सरकारले विनियोजन गरेको १ करोड रुपैयाँ अस्वीकार गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेजनसहितका आर्थिक पत्रकारितासँग सम्बन्धित तीन वटा संस्थालाई १/१ करोडका दरले अनुदान विनियोजन गरेको थियो । यसमध्ये सेजनले सो अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ ।

सेजनले मंगलबार एक विज्ञप्ति जारी गरी नेपालका आर्थिक पत्रकारहरूको छाता संस्थालाई विश्वास गरेर सदाशयता देखाएकोप्रति नेपाल सरकार एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई धन्यवाद दिँदै कार्यसमिति बैठकबाट उक्त अनुदान स्वीकार नगर्ने निर्णय गरेको जानकारी दिएको छ।

एक करोडको अनुदान निःसर्त स्वीकार गर्नु सेजनको आफ्नै विरासत र संस्थागत मौलिकताको समेत विपरीत हुने विज्ञप्तिमा उल्लेख छ। सरकारले नागरिकका आधारभूत आवश्यकता र जीवनरक्षामा ठूलो लगानी गर्नुपर्ने उल्लेख गर्दै सेजनले जनताको करबाट प्राप्त स्रोत नागरिक हितमा उपयोग गर्न सक्ने विकल्प छाडेर जिम्मेवार पत्रकारको छाता संस्थाले उपयोग गर्नु पेसागत धर्म र मर्यादाको समेत खिलाफ हुने विज्ञप्तिमा उल्लेख गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *