नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ६५ हजार ६२८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा ल्याएको सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने छन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजात सहित ३५ दिनभित्र चितवनको रत्ननगरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *