आईपीओ निष्काशन गर्दै फेदीखोला हाईड्रोपावर

काठमाडाैं। फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने निर्णय गरेको छ। माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्दै फागुन १० गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा आईपीओ निष्काशनका साथै प्रबन्ध पत्र र नियमावली संशोधन, आयोजना निर्माणको प्रगति र खर्च अनुमोदन, र विद्युत् नियमन आयोगसँग स्वीकृति लिने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

फेदीखोला कम्पनी भोजपुर जिल्लामा ४.३ मेगावाट क्षमताको साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *