रविको थुनछेक बहस आजदेखि रूपन्देही जिल्ला अदालतमा

काठमाडौं । रूपन्देही जिल्ला अदालतमा रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ ।

सुप्रिम सहकारी ठगीमा मुद्दा लागेका रविसँग जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार बयान लिइएको थियो । बयान सकिएपछि उनलाई थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा पठाउने आदेश भएको थियो ।

सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड लिएको भौचर भेटिएको भन्दै उनीविरुद्ध सहकारी ठगी मुद्दा परेको छ ।

यसअघि, कास्कीको सूर्यदर्शन ठगी मुद्दामा लामिछानेलाई ६५ लाख र काठमाडौंका सूर्यदर्शन ठगी मुद्दामा ६० लाख धरौटीमा रिहा हुने आदेश भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *