कृषि विकास बैंकको नाफामा गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २९.३५ प्रतिशत कम हो । गत वर्ष यस बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ९ करोडबाट घटेर ८५ करोड ७५ लाख रुपैयाँमा झरेको छ । यता, खुद ब्याज आम्दानी पनि घटेको छ । उक्त आम्दानी ४ अर्ब ४८ करोडबाट घटेर ३ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको हो ।

चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब २४ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ देखिएको छ । उक्त रकमबाट संस्थाले सेयरधनीलाई ९.७२ प्रतिशत लाभांश दिन सक्नेछ । प्रतिसेयर आम्दानी ११.४७ रुपैयाँ रहेको छ । बैंकको एनपीएल ४.९० प्रतिशतमा पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *