प्रि ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ। सेसनमा १.६७ अंक बढेर २६०२.८८ विन्दुमा पुगेको छ। ५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको ८८ हजार ६ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।

२१ कम्पनीको मूल्य बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १७ वटा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *