मुगु कर्णाली र किमाथांका अरुणको लगानी जुटाउने प्रक्रिया रद्द

काठमाडौं । व्यावसायिक रूपमा आकर्षक मानिएका मुगु कर्णाली र किमाथांका अरुण जलविद्युत् आयोजनामा वित्तीय साझेदारीका लागि अघि बढाइएको प्रक्रिया रद्द भएको छ । कम्पनीले दुवै आयोजना निर्माणका लागि लगानी जुटाउने उद्देश्यले आह्वान गरिएको आशयपत्रको प्रक्रिया रद्द गरेको जनाएको छ ।

अब कार्यविधि संशोधन गरेर मात्र वित्तीय साझेदारीका लागि कम्पनी छनोट प्रक्रिया अघि बढाइने भएको छ ।

कम्पनीले परियोजनामा लगानी गर्न चाहाने इच्छुकहरुलाई पुस २३ गते १२ बजेसम्म आवेदन दिन सक्ने गरि सूचना निकालेको थियो । उक्त प्रस्तावमा ६ वटा कम्पनीले आवेदन दिएका थिए ।

किमाथांका अरुणमा बेला नेपाल इन्डस्ट्रिज प्रालि, भिजन इनर्जी एण्ड पावर प्रालि, एन जे हाइड्रो इनर्जी प्रालि, नोबल ग्रुप अफ हाइड्रो इनर्जी प्रालि, अनक हाइड्रोपावर कम्पनी लिमिटेडले आवेदन दिएका थिए भने मुगु कर्णालीमा सिजी इनर्गो प्रालिको आवेदन परेको थियो । सिजी इनर्गो प्रतिनिधिसभा सदस्य समेत रहेका अर्बपति व्यवसायी विनोद चौधरीको हो ।

यी २ आयोजनाको विद्युत् उत्पादन कुल क्षमता २३ सय ५६ मेगावाट रहेको छ । आयोजना निमार्णका लागि ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

किमाथांका अरुण अर्धजलासय आयोजनाको विद्युत् उत्पादन क्षमता ४ सय ५४ मेगावाट रहेको र मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजनाको विद्युत् उत्पादन क्षमता १९ सय २ मेगावाट रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *