काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा हेम्स अस्पतालमा निधन भएको छ। उनी केही महिनादेखि ब्लड क्यान्सरका कारण उपचाररत थिए। घलेको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि उनका निवासमा राखिएको छ र दाहसंस्कार सोमबार गुरुङ संस्कारअनुसार गरिने पारिवारिक स्रोतले जनाएको छ।
सक्सेस ट्राभल्सका संचालक रहेका घलेले नेपालमा गुणस्तरीय पर्यटक भित्राउन महत्वपूर्ण योगदान गरेका थिए। उनको निधनसँगै नेपालले एक सक्षम युवा पर्यटन व्यवसायी गुमाएको छ। विभिन्न ट्राभल्स संघ र पर्यटन व्यवसायीहरूले उनका योगदानको कदर गर्दै शोक व्यक्त गरेका छन्।







