नेपाल वायुसेवा निगममा स्वदेशी लगानीको प्रचुर सम्भावना छ : सांसद भट्टचन

काठमाडाैं । नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)मा स्वदेशी लगानीको प्रचुर सम्भावना रहेकाले महत्त्वपूर्ण योजनाबद्ध पुँजी परिचालन गर्न सकिने बताएका छन् । मंगलबार प्रतिनिधिसभा सदस्यको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस विषयमा आफ्नो धारणा प्रस्तुत गरेका हुन् ।

सांसद भट्टचनले नेपाल वायु सेवा निगममा हालको ३ अर्ब रुपैयाँको सरकारी लगानी र १५ अर्ब रुपैयाँको एक्युमेन्ट लसका हुँदा पनि निगमको कुल पुँजी ३० करोड रुपैयाँ रहेको बताए । उनले भने, “निगममा करिब २० अर्बदेखि २२ अर्ब रुपैयाँको थप लगानी गर्न सकिन्छ, यसका लागि स्वदेशी लगानीकर्ताहरूले लगानी गर्न सक्छन् ।”

उनले स्वदेशी लगानीलाई आकर्षित गर्न सकिने र नेपालका विभिन्न लाइफ इन्स्योरेन्स कम्पनीहरूले हालै १ अर्ब ८० करोड रुपैयाँको लगानी यति एयरलाइन्समा गरेको उदाहरण प्रस्तुत गरे।  उनले भने, “बीमा कम्पनीहरूले २०/२५ अर्ब रुपैयाँसम्म इक्विटीमा लगानी गर्न सक्छन्, यसले वायु सेवा निगमलाई ठूलो पुँजी जुटाउन सहयोग पुर्‍याउन सक्छ।”

सांसद भट्टचनले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ल्याएको ऋणलाई इक्विटीमा परिणत गर्न सरकारले नीतिगत निर्णय गर्न सकिने बताए । “बैंकले ८ प्रतिशत ब्याजदरमा लगानी गरेको छ, जबकि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले १०.०५ प्रतिशत ब्याजमा लगानी गर्न आवश्यक छैन ।” उनले भने

उनले निगमलाई प्राइभेट पार्टनरसीपमा समेत सञ्चालन गर्न र यसको साख जोगाउन सकिने बताएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *