लुम्बिनी विकास बैंकले बोलायो साधारणसभा, लाभांश पारित प्रमुख एजेन्डा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले यही पुस २९ गते सत्रौं वार्षिक साधारणसभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ।

बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धप र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा प्रयोजनका लागि बैंकले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *