काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि चार जना सिफारिस भएका छन्।
सिफारिस हुनेमा महेश रिमाल, राजुनाथ खनाल, रामदेब यादव र सुन्दर पन्थी रहेका छन्। उनीहरुलाई माघ ४ गते प्रस्तुतीकरण र ५ गते अन्तर्वार्ताका लागि राष्ट्रिय जीवन बीमा कम्पनीको प्रधान कार्यालय बोलाइएको छ।
उक्त पदका लागि कम्पनीले पहिलोपटक खुलाएको थियो तर विज्ञापनमा प्रतिस्पर्धा गरेका सबै फेल भएपछि मंसिर ६ गते दोस्रो पटक पुनः विज्ञापन खुलाएको हो।
Artha Sanjal






