नेपाल बैंक र सुनैना हस्पिटलबीच सम्झौता

काठमाडौं। नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम–०४ स्थित कदम चौकमा रहेको सुनैना हस्पिटलमा छुट हुने भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्यसम्बन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने सम्झौता पत्रमा उल्लेख छ ।

यस्तै विभिन्न सेवामा लाग्ने कन्सुलेसन शुल्कमा पनि १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *