एलआईसी नेपालको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले मंसिर १२ गतेदेखि ८८.४५ प्रतिशत हकप्रद  निष्कासन गरेको थियो। यसअिघ पुस २ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिनको अवधि थप गरी पुस १७ गतेसम्म कायम गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो।

हकप्रद शेयर निष्कासका लागि कात्तिक ९ गते एक दिन बुक क्लोज गरिएकोले कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *