डलरको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरकोबिक्रीदर१३७ रुपैयाँ २९ पैसा र खरिददर १३६ रुपैयाँ ६९ पैसा छ । यो हालसम्मकै उच्च मूल्य हो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ १८ पैसा र खरिद दर १७१ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८४ रुपैयाँ ९० पैसा र बिक्रीदर ८५ रुपैयाँ २८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ०७ पैसा र बिक्रीमा ९५ रुपैयाँ ४९ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *