गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज गरिमा विकास बैंक लिमिटेडको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले पुस १८ गते अर्थात् भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै बैंकले तोकेको लाभांश प्राप्त गर्नेछन्। बैंकले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश पारितका लागि पुस २९ गते सोमबार होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा बिहान साढे १० बजेदेखि साधारणसभा बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *