बलेफी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं।  बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यस कम्पनीले १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो ।  हकप्रद सेयरको लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेले कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
इच्छुकले  बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *