काठमाडौं। बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यस कम्पनीले १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयरको लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेले कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
इच्छुकले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल