कांग्रेस उपसभापति गुरुङलाई कारबाही गर्न संसदीय छानबिन समितिको निर्देशन

काठमाडौँ । कांग्रेस उपसभापति धनराज गुरुङले सम्बन्ध विच्छेद गरेकी ज्योति गुरुङसँग मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा समस्याग्रस्त कतिपय सहकारीमा संस्थागत नक्कली अभ्यास गरको उल्लेख गर्दै छानबिनका लागि निर्देशन दिएको उल्लेख छ ।

‘सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा छन् । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध बिच्छेद गरेर पनि एकसाथमै बस्ने गरेको चर्चा छ ।

निजहरूको सम्बन्ध विच्छेदको मिलापत्र फैसला अनुसूची–२३ मा प्रस्तुत गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरूङ र धनराज गुरूङ समेतका उपर प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शिघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ ।’

यसअघि समितिले ज्योति गुरुङलाई खोजी गरी समितिसमक्ष उपलब्ध गराइदिन गृह मन्त्रालयमा पत्राचार गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *