नेप्सेले रोक्का गर्यो आत्मनिर्भर लघुवित्तको शेयर कारोबार

काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ। कम्पनीले तोकिएको समय सीमा भित्र लाभांश घोषणासम्बन्धी निर्णयको जानकारी नगराएपछि नेप्सेले उक्त कदम उठाएको हो।

कम्पनीले २०८०/८१ आर्थिक वर्षको लाभांश घोषणासम्बन्धी निर्णय आइतवार बसेको सञ्चालक समितिको बैठकमा गरेको थियो। तर, निर्णयको जानकारी निर्णय गरेको दिनको भोलिपल्ट मात्र नेप्सेमा पठाइएको थियो, जुन विनियम २२ (१) को उल्लङ्घन मानिन्छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने निर्णयको सूचना सो निर्णय गरेको दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। नेप्सेले अब तीन दिनभित्र कम्पनीलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *