सरकारले थाइल्यान्ड, कम्बोडिया र म्यान्मार नजान भन्दै जारी गर्‍यो ट्राभल एड्भाइजरी

काठमाडौं । सरकारले म्यानमार, थाइल्याण्ड, कम्बोडिया, लाओस् लगायतका देशमा जान चाहनेहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी सूचना (ट्राभल एडभाइजरी) जारी गर्दै ती मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरूलाई सावधानी अपनाउन अपिल गरेको छ ।

आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि ट्राभल एडभाइजरी जारी गरेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैर कानुनी कार्यहरू नगर्नरनगराउन पनि मन्त्रालयले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *