काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर १३५.७३ रुपैयाँ र बिक्रीदर १३६.३३ रुपैयाँ तोकिएको छ।
आज अष्ट्रेलियन डलरको खरिदभाउ ८४.८४ रुपैयाँ र बिक्रीभाउ ८५.२१ रुपैयाँ तोकिएको छ। यता युरोको खरिदमुल्य १४१.५७ रुपैयाँ र बिक्रीमूल्य १४२.१९ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार आज १० जापानिज यनको खरिददर ८.६८ रुपैयाँ र बिक्रीदर ८.७२ रुपैयाँ छ भने १०० कोरियन वोनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ छ।








