गुडविल फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो, अन्य सूचक कस्ता छन् ?

गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा र प्रतिसेयर आम्दानी (ईपीएस) गिरावट आएको छ ।

समीक्षा अवधिमा कम्पनीको नाफा ४६.०३ प्रतिशतले घटेर ३ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा पनि ४४.३६ प्रतिशतले घटेर ५ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ करोड ८२ रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १४ करोड ३० लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ५.०२ प्रतिशतले बढेको छ।

पहिलो त्रैमासमा कम्पनीले ११ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्तापुँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ५०.५२ प्रतिशतले घटेर ५२ करोड ३ लाख रुपैयाँमा सीमित बनेको छ ।

कम्पनीको खराब कर्जाको अनुपात (एनपीएल) भनेर घटेर २.१५ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ३.४० प्रतिशतमा सीमित थियो।

कम्पनीकोप्रतिसेयर आम्दानी (ईपीएस) घटेर १६.८४ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस १९.९३ रुपैयाँ रहेको थियो। मूल्य अनुपात आम्दानी (पीई रेसियो) २७.४० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६७.८३ रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *