काठमाडौं । आज पुस ८ गते सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज भएकाले आजसम्काम यम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश पारित सहितका एजेन्डा पास गर्न पुस २८ गते काठमाडौंको सुकेधारास्थित सेलिव्रेशन हाईटमा बिहान ११ बजेदेखि कम्पनीको सभा बस्दैछ।







