कास्की। का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्।
प्रहरीको हिरासतमा सुतिरहेका लामिछानेको तस्वीर सार्वजनिक गरेको भन्दै उनलाई आइतबार साँझ काठमाडौंको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए।
गत शनिबार लामिछानेलाई भेट्न जाने क्रममा प्रहरीकै सिसिटिभीमा सुतिरहेको देखेपछि आफूले तस्बिर खिचेको बताएका थिए।
‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यतिबेला कसैले केही भनेन। गल्ती भयो,’ उनले स्वीकार गर्दै फेसबुक लाइभ मार्फत् भनेका थिए।
भुसालले तस्बिर फेसबुकमा पोस्ट गरेपछि रास्वपाका कार्यकर्ताले त्यसलाई भाइरल बनाएको दाबी गरेका छन्।
कास्की प्रहरीले लामिछाने पक्राउ परेपछि कार्यालयमा मोबाइल लैजान रोक लगाएको भए पनि भुसालले मोबाइल गेटभित्र लैजान सफल भएका थिए।
फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए। त्यसपछि कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको कदमले साइबर कानुनको उल्लंघन गरेको जनाएको थियो।
पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने एसएसपी भट्टराईले जानकारी दिए।
अर्थ सन्जाल