रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।

संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका प्रसाईं सर्वोच्चको आदेशपछि रिहा भएका हुन्।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई छाड्न सरकारलाई बिहीबार आदेश दिएको थियो। उनलाई हाजिरी जमानीमा छाडिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *