स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज, के-के छन् एजेन्डा?

काठमाडौं । स्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८औं वार्षिक साधारणसभा आज भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे बस्दैछ। सभामा हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गरिनेछ।

बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुक क्लोज गरिसकेले मंसिर ११ गतेसम्म कायम शेयरधनी बैंकको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *