काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका हाइड्रोपावर कम्पनीहरूमध्ये हालसम्म १४ कम्पनीले लाभांश घोषणा गरेका छन्।यी कम्पनीहरूले आफ्नो वार्षिक मुनाफाबाट सेयरधनीलाई नगद र बोनस सेयर वितरण गर्ने निर्णय गरेका हुन्।
कुल १४ हाइड्रोपावर कम्पनीहरूले लाभांश घोषणा गरेपनि, ती मध्ये ११ कम्पनीले बुक क्लोज मिति तय गरिसकेका छन्। ३ कम्पनीहरूले भने अझै बुक क्लोज मिति तय गरेका छैनन्। यी ३ कम्पनीहरू छन्: यूनाइटेड इदि मर्दि हाइड्रोपावर, कुथेली बुखरी हाइड्रोपावर, र माउन्टेन इनर्जी हुन्।
बाकी ११ कम्पनीहरूले आफ्नो बुक क्लोज मिति तय गरेर लाभांश वितरण प्रक्रिया अघि बढाएका छन्। यी कम्पनीहरूले तोकिएका मितिमा कायम शेयरधनीहरूलाई लाभांश प्रदान गर्ने छन्।
माउन्टेन इनर्जीले गत वर्षको नाफाबाट कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १५ प्रतिशत बोनस सेयर ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट कुल १५.७८९ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १५ प्रतिशत बोनस सेयर ०.७८९ प्रतिशत नगद लाभांश दिने भएको छ ।
गत वर्षको नाफाबाट भगवति हाइड्रोपावर कम्पनीले आफ्ना सेयरधनीलाई कुल १४.७३६८ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १०.७३६८ प्रतिशत नगद लाभांश दिने भएको छ ।
माण्डु हाइड्रोपावर कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १२ प्रतिशत लाभांश दिने भएको छ । जसमा १२ प्रतिशत नगद लाभांश मात्रै दिने निर्णय गरेको छ ।
कुथेली बुखरी हाइड्रोले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल १० प्रतिशत लाभांश दिने भएको छ । जसमा कम्पनीले नगद नदिइ १० प्रतिशत नै बोनस सेयर दिने भएको हो ।
साहस ऊर्जाले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
विन्ध्यावासिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट कुल ८ प्रतिशत लाभाश दिने भएको छ । जसमा कम्पनीले बोनस सेयर मात्रै वितरण गर्ने निर्णय गरेको छ ।
सुपरमाइ हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
सगरमाथा जलविद्युत कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश दिने भएको छ । जसमा ४.७५ प्रतिशत बोनस सेयर ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
मन्दकिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
अपि पावर कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने भएको छ भने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
यूनाइटेड इदि मर्दि एन्ड हाइड्रोपावरले कुल ४.२११ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनस सेयर ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
अरुण भ्याली हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
अर्थ सन्जाल