काठमाडौं। आज अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर ८ गते शनिबार १ अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३५ रुपैयाँ ४२ पैसा र खरिददर १३४ रुपैयाँ ८२ पैसा छ ।
त्यस्तै, आज १ युरोको बिक्रीदर १४१ रुपैयाँ १४ पैसा रहेको छ भने खरिददर १४० रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा र खरिद दर १६८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६३ बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३७ पैसा तथा बिक्री दर ९६ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर १ को खरिददर १ सय रुपैयाँ ०४ पैसा तथा बिक्रीदर १ सय रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।
यस्तै जापानी येन १० को खरिददर ८ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ८ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, युएई दिराम १ को खरिददर ३६ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ । मलेसियन रिंगेट १ को खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल