शाइन रेसुङ्गा बैंकले डाक्यो साधारणसभा, यस्ता छन् मुख्य एजेन्डा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारणसभा  डाकेको छ।

मंसिर २३ गते बसेको बैंकको सञ्चालक समिति बैठकले पुस १९ गते शुक्रबार रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि बस्नेगरी बैठक बोलाएको हो।

बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारितका लागि सभामा पेश गर्नेछ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

त्यसैगरी अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ३ गते बुक क्लोज गर्ने भएकाले पुस २ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *