काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले एकै ओभरमा २ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा १०औं ओभरमा विराटनगर किंग्सका इस्मत आलम र बसिर अहमदलाई आउट भएका हुन् ।
दुवैलाई सुदूरपश्चिम रोयल्स्का अविनाश बोहराले आउट गरेका हुन् । यसअघि राजेश पुलामी १५, लोकेश बम २, निकोलस किर्तन ५ रनमा आउट हुँदा मार्टिन गप्टिल गोल्डन डकआउट भएका थिए ।
सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्यमा विराटनगर किंग्सले जवाफी ब्याटिङ गरिरहेको छ ।







