माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश घोषणा

काठमाडाैं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आफ्नो गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस प्रकार, कुल १५.७८९५ प्रतिशत लाभांश वितरण हुनेछ।

यो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाले पारित गरिनेछ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *