काठमाडौं । बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत सेयर निष्कासन गर्न लागेको हो । १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर कम्पनीले निष्कासन गर्नेछ ।
कात्तिक २० गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले आफूसँग भएको सेयर बराबरकै संख्याको सेयर खरिद गर्न अंकित मूल्य १ सयका दरले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति पुस १७ गतेसम्म तोकिएको छ ।
बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलका अनुसार आफ्नो बैंक खाता रहेको शाखा तथा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।
Artha Sanjal
अर्थ सन्जाल