सेयर बजारमा १९.९७ अंकको बृद्धि हुँदा १० अर्ब ५४ करोडमाथिको कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा कायम भएको छ ।

आज ३१४ कम्पनीको १० अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ । याे दिन ६ वटा कम्पनिकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको २७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

नेपाल फाइनान्स ५९ करोड ४७ लाख रुपैयाँ,ङादी ग्रुप पावर ४८ करोड ८९ लाख रुपैयाँ,जानकी फाइनान्स २७ करोड ५१ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर २४ करोड २४ लाख रुपैयाँ,एक्सेल डेभलपमेन्ट बैंक २१ करोड ७१ लाख रुपैयाँ,लुम्बिनी विकास बैंक २१ करोड २ लाख रुपैयाँ,मितेरी डेभलपमेन्ट बैंक २० करोड ८८ लाख रुपैयाँ,ज्योति विकास बैंक १६ करोड ८६ लाख रुपैयाँ,युनाइटेड इदी मर्दी १६ करोड २१ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंक १६ करोड १२ लाख रुपैयाँ सर्वाधिक कारोबार भएकाे छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *