कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं। एनपीएलको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको हो ।

कर्णालीका गुल्शन झाले ३६ रन जोडे । झाले ३ छक्का र १ चौका प्रहार गरे । ओपनर शिखर धवनले ३ चौकासहित १४ रन बनाए । बाबर हायातले १२ रन जोडे । मिडल अर्डरमा आएका अर्जुन घर्तिले विस्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ३३ रन जोडे । उनले १८औं ओभरमा २ छक्का र २ चौकासहित २२ रन प्रहार गरेका थिए । कप्तान सोमपाल कामीले २९ रन जोडे ।

अन्तिम दुई ओभरमा ४२ रन बनाएपछि कर्णालीले सम्मानजनक स्कोर बनाएको हो । जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिँदा जिमी निसम, किशोर महतो, ललित राजवंशीले एक/एक विकेट लिए ।

जनकपुर बाेल्ट्स

आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

कर्णाली याक्स

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।

Leave a Reply

Your email address will not be published. Required fields are marked *