चन्द्रागिरी हिल्सले बोलायो साधारण सभा, लगानीकर्ताको हात रित्तै

काठमाडौं।  चन्द्रागिरी हिल्स लमिटेड (CGH) ले १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा पुस ३ गते, बुधबार, केन्द्रिय कार्यालमा बस्दैछ।

साथै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने भएको छ। मंसिर १० गते बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेकाे हाे।

सभाले सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा दफा तथा नियम संशोधन गर्न अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएकोले मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *