कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

काठमाडौं।  कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई  लाभांश वितरण गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ। विद्युत नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्रै उक्त  लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *