काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पुस ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा कार्की ब्यांक्वेट, बबरमहल हाइट, काठमाडौंमा बिहान ९ बजे बस्दैछ। तर कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएकोले मंसिर २० गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन पाउन सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल